दफा ७७
मालधनीले खर्च व्यहोर्नु पर्ने
मालवस्तुहरु बोक्ने, जाँच्न र खोल्नको लागि उचित ठाउँमा पुग्याउने, यन्त्रमा राख्ने र झिक्ने, खोल्ने, छुट्याउने र मालवस्तुको वा सो मालवस्तु रहेको कन्टेनर, बाकस, झोला, प्याकेट, बोरा वा यस्तै अन्य प्याकिङ्ग सामग्रीमा चिन्ह लगाउने आदि काम मालवस्तु धनीले आफ्नै खर्चमा गर्नु पर्नेछ ।